Section 3
प्रवेश, उपस्थिति र प्रस्थान सम्बन्धी ब्यवस्था
(१) कुनै पनि विदेशीले राहदानी र भिसा नलिई नेपाल ………. भित्र प्रवेश गर्न र नेपालमा बस्न पाउने छैन ।
(२) भिसाको प्रकार, दस्तूर तथा भिसा सम्बन्धी अन्य ब्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) नेपाल ……….. को तोकिएको क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले भिसाको
साथै तोकिए बमोजिम अनुमति लिनु पर्नेछ ।
(४) पदयात्रा सम्बन्धी दस्तूर तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(५) कुनै पनि विदेशीले नेपाल ……….. भित्र प्रवेश गर्ने र नेपाल ……….. बाट
प्रस्थान गर्ने स्थल तोकिए बमोजिम हुनेछ ।
(६) नेपाल …………बाट विदेशी प्रस्थान गर्ने वा नेपाल ………. मा आउने
नेपाली नागरिक हरुको प्रस्थान तथा आगमन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।